२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाकै झल्को दिँदै प्रि–मनसुन



अ+ अ-

काठमाडौं । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताए ।

‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उनले भन्नुभयो– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताए । उच्च वायुमण्डलमा रहने यस्तो रेखाले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पुर्याएर पानी पार्ने प्रकृतिको बादल बन्न सहयोग पुर्याउँने खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।