२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस : बैठक बोलाउछन् स्थगित गर्छन्



अ+ अ-

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो ।

२९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा राखेको शीर्ष नेताहरुको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो । आजको कान्तिपुर दैनिकमा
समाचार छ ।