२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाद्धारा एट्लेटिको मड्रिड पराजित, चम्किए मेस्सी र स्वारेज



अ+ अ-

काठमाडौं । ला लिगा अन्तर्गत आइतबार बिहान बार्सिलोना र एट्लेटिको मड्रिडबीच भएको खेलमा बार्सिलोनाले २-० को जित निकालेको छ ।

गोल रहित बितेको पहिलो हाफमा एट्लेटिको पनि बलियो प्रर्दशन रहेको थियो । दोस्रो हाफमा बार्सिलोनाले एट्लेटिकोमाथि २ गोल गरेपछि एट्लेटिकोले हार व्यहोरेको हो ।


घरेलु मैदानमा पाहुना टोली एटलेटिकोमाथि जित निकाल्न खेलको ८५ मिनेटमा लुइस सुअरेजले गोल गरेका थिए त्यस्को एक मिनेट नबित्दै लियोनेल मेस्सीले बार्सिलोनाका लागि दोस्रो गोल गरे । यो सँगै बार्सिलोनाले २-० को जित निकालेको हो ।

स्वारेजले अग्रता लिन सकेपछि मेस्सीले सोही समयमा चालु गोल गरेपछि एटलेटिको २ गोलान्तरले पराजित हुन पुग्यो , योसँगै ३१ खेल खेलेको बार्सिलोना ७३ अंक सहित पहिलो स्थानमा छ भने बराबरी खेल खेलेको एट्लेटिको ६२ अंक सहित दोस्रो स्थानमा छ ।