२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज शनिबार, पशुपतिनाथको भेटी स्वरुप एक सेयर गदै हेर्नुहोस् तपाईको भाग्य र भविष्य



अ+ अ-

वि.सं. २०७५ चैत्र २३ गते शनिबार तदनुसार ई.सं. २०१९ अप्रिल ६ तारिख, चैत्र शुक्ल प्रतिपदा, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, वैधृति योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव स् चन्द्रोदय, वत्सरारम्भ, वासन्ती नवरात्री प्रारम्भ, श्री शैलपुत्री भगवतीको पूजा गर्ने दिन, तेल लगाउने र निमको पात खाने दिन, भद्रकाली पीठमा लिंगो तल झार्ने दिन, चोभारमा आदिनाथ स्नान, बैतडी गुर्जर बनारसी मन्दिरमा कोटिहोम मेला सुरु, आजको मूहुर्त स् द्रव्यप्रयोग वा लगानी, भोलिको चाडपर्व र उत्सव स् वासन्ती नवरात्रीअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको पूजा गर्ने दिन, भोलिको मूहुर्त : रुद्राभिषेक (रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । सन्तानपक्षमा राम्रो छ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ, किनभने भाग्यभावमा चन्द्रमाको प्रवेश हुँदैछ । आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत निरसता छाउने छ । घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुन ठिक हुन्छ । त्यस्तै विवाद, झैझगडामा समय खेर नफाल्नु राम्रो हो । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ ।