३० जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबालाई जेलमा भेट्दा ‘राम्रोसँग पढ’ भन्नुभयो



अ+ अ-

काठमाडौं । १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो ।

०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो ।

हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । मैले त्यहीँ पहिलोपटक किसुनजी (कृष्णप्रसाद भट्टराई), बिपी कोइराला, देवानसिंह राई र रामनारायण मिश्रलगायतलाई देखेँ । तर, उहाँहरूसँग दोहोरो संवाद भएन ।

जेलमा भेट्दा बुबाले ‘राम्रोसँग पढ’ भन्नुभएको थियो । बुबा जेल पर्नुको कारण धेरथोर थाहा थियो । बुबा त्यहाँ ८ वर्ष बस्नुभयो । जेलबाट छुटेपछि घरमा छोटो समय बस्नुभयो । त्यसपछि जिल्ला भ्रमणमा निस्किनुभयो । जिल्ला भ्रमणमा म पनि बुबासँगै गएको थिएँ । मधेसका जिल्ला घुमेको सम्झना छ मलाई । यो सामग्री नयाँ पत्रिकामा प्रकाशित छ ।