२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया र रणबीरले गरे इन्गेजमेन्ट !



अ+ अ-

बलिउड अभिनेता रणबीर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । आलिया र रणबीरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको भारती मिडियाहरुले जनाएको छ ।


रणबीरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । यसरी नै कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा चलेको हो ।

इन्गेजमेन्टपछि भव्य पार्टी पनि आयोजना गरेको खबर मिडियाले जनाएको छ ।

यस विषयमा आलिया र रणबीर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबीरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् ।

ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि रहेको छ ।