२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लभ स्टेशन’ आजदेखि रिलिज, मुनाफाको ५ प्रतिशत रकम धुमुर्स-सुन्तली फाउन्डेसनलाई



अ+ अ-

फ्राइडे रिलिज अन्तर्गत आजदेखि चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । चलचित्र ‘लभ स्टेशन’ लाई यस वर्षका प्रतिक्षित चलचित्रहरु मध्यको एक मानिएको छ । चलचित्रको व्यापारमा आएको खडेरीलाई केही हदसम्म ‘लभ स्टेशन’ले लयमा ल्याउने आश धेरैलाई छ । एकल रिलिजको अवसरको फाइदासमेत चलचित्र ‘लभ स्टेशन’लाई मिलेको छ ।

‘लभ स्टेसन’ मुलुकका १०१ चलचित्र भवनमा रिलिज भएको निर्माता गोविन्द शाहीले जानकारी दिए । फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

साङ्गीतिक प्रेम कथामा आधारित सामाजिक कथावस्तुसमेत समेटिएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङसँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

यस चलचित्रका २ वटा गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्र ‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्काको पनि लगानी रहेको बताइएको छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौँमा चलचित्रको छायांकन गरिएको छ ।

फिल्म प्रदर्शनको पूर्वसन्ध्या पारेर निर्माण युनिटले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स-सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि ‘लभ स्टेशन’को नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहीबार भयो ।