२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी समातियो ६ किलो सुन, ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो ।

पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले समाचारपत्रलाई दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।