२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ सय घर भत्किदा पीडितलाई सरकारले चार सय ६८ त्रिपाल दियाे



अ+ अ-

काठमाडौं । सरकारले बारा पर्सामा हावाहुरीको वितण्डाले भत्किएको घरभन्दा कम त्रिपाल पठाएउँदा समस्या भएको छ । २४ सय घर भत्किएको सरकारी रिपोर्ट छ तर गृह मन्त्रालयले भने जम्मा चार सय ६८ त्रिपाल मात्र पठाएको छ । त्यसैगरी ७२ घन्टासम्म केन्द्रीय विपत् व्यवस्थापन समितिको बैठक बसेको छैन् ।

गृह मन्त्रालयको रिपोर्टअनुसार बारामा आइतबार साँझ आएको हुरी र भुमरीबाट एक हजार ५९ घर पूर्ण रूपमा भत्किएका छन्, दुई हजार चार सय एक घर क्षतिग्रस्त छन्, तर सरकारले जम्मा चार सय ६८ थान पाल पठाएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्छन्, ‘सुरुमा पाँच सय घर भत्किए भन्ने सूचना आएको थियो । त्यसैका आधारमा पाल र त्रिपाल गरी चार सय ६८ थान पठाइएको हो । सेनाले थप दुई सय थान पाल पठाएको छ । थप आवश्यक परेमा तुरुन्त पठाउन सकिन्छ ।’

सरकारले पठाएको सीमित पालको वितरण पनि व्यवस्थित छैन । खनाल नै भन्छन्, ‘एकै महिलाले पाँचवटा पालसम्म लगेको जानकारी आयो, तर उनी पीडित हुन् कि होइनन्, यसरी एकै व्यक्तिले धेरै पाउने र कसैले पाउँदै नपाउने समस्या छ । त्यसलाई व्यवस्थापन गर्दै छौँ ।’

खाद्यान्न शीर्षकमा सरकारले एक किलो चामल पनि पठाएको छैन । निजी तथा सामाजिक क्षेत्रबाट गएको खाद्यान्न नै अथाह भएको सरकारको भनाइ छ । तर, सामाजिक क्षेत्रबाट गएको खाद्यान्न वितरणमा सरकारको कुनै भूमिका छैन । कति गाउँमा राहत दोहोरिएको छ भने कति ठाउँमा पुगेको छैन ।

बाराका विपत्पीडितका लागि प्रदेश सरकारहरू, राजनीतिक दलहरू र विभिन्न संघसंस्थाले राहत घोषणा गरेका छन् । तर, संघीय सरकारले राहतको विषयमा केही बोलेको छैन । घटनाको ७२ घन्टासम्म पनि केन्द्रीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बस्न सकेको छैन । गृहका अधिकारी खनाल भन्छन्, ‘आइतबार साँझको विपत्पछि सोमबार बैठक डाकिएको थियो, तर प्रधानमन्त्रीज्यू स्थलगत अवलोकनमा जानुभएकाले तत्काल बैठक बस्न सकेन । त्यसपछि प्रशासन, सडक, विद्युत्, सञ्चार, कृषि क्षेत्रमा भएको क्षति मूल्यांकन गर्ने र तत्काल व्यवस्थापन गर्ने काममा सरकारी निकायहरू लागेका छन् । सम्पूर्ण मूल्यांकन भएपछि बैठक बस्छ ।’ नयाँ पत्रिकामा समाचार छ ।