२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक



अ+ अ-

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।
    
अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजानिक गर्नुभयो । विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीवरूपमा उतारिएको छ । साथै  पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिकरूपमा सरल भाषामा प्रस्तुत गरिएका छन् । वरिष्ठ पत्रकार पराजुलीले यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ  । सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुनेक्रममा रहेको बताइएको छ । 

कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार  श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गर्नुहँदै ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्तरूपमा प्रस्तुत गरेको बताउनुभयो । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्षकथाबाट कृतिको नामाकरण गरिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि शसक्तरूपमा कलम चलाउन थाल्नुभएको टिप्पणी गर्नुभयो । भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले भन्नुभयो, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।” अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्तरूपमा चलेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गर्नुभएको थियो । वरिष्ठ सञ्चारकर्मी पराजुली  लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत हुनुहुन्छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । रासस