काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले कार्यकर्ता र सुभेच्छुकहरुको शीर निहुरिन नदिने बताउनु भएको छ । विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका दिन्न ।
उहाँले भन्ननुभयो ‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ नव निर्बाचित अध्यक्ष लिङ्देनले विजय जुलुश ननिकाल्न र माला नलगाइदिन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’
पार्टीमा आजबाट गुटको अन्त्य भएको दावी गर्दे लिङ्देनले भन्नुभयो ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’












