
फिदिम । पूर्व राज ज्ञानेन्द्र शाहको पाँचथरको फिदिममा भव्य स्वागत गरिएको छ । फिदिम नगरपालिका–४ गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा गर्न गएका शाहको भव्य स्वागत गरिएको हो ।
फिदिम बजारको मनस्वि होटलमा बसेका शाहलाई भेट्न सयौँको संख्यामा शुभचिन्तकको भीड लागेको थियो।
शाहको पैदल यात्रामा राष्ट्रिय झण्डा बोकेको सयौं स्थानीय सहभागी भएका थिए। पैदल यात्राको क्रममा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, भन्ने नाराहरु लगाएको थियो।
शाह सोमबार साँझ फिदिम आएका शाहले मंगलबार दिउँसो १२ बजे सुमहात्लुङमा मन्दिरमा पूजा गरेका हुन्।












