२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी लैजान्छु भन्दै दिल्लीमा बन्धक, १२ नेपाली महिलाको उद्धार



अ+ अ-
फाईल फोटो

काठमाडौँ । दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार गरिएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीमा बन्धक बनाएर राखेको महिलाहरुको शनिबार मध्यरातिमा उद्धार गरिएको हो ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको हो। उनिहरु सबैलाई नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना र द्वारकामा बन्धक बनाएर राखिएको थियो ।

१२ जना मध्य ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो।

उद्धार गरिएका महिलाहरुले बताए अनुसार केहीलाई एक साता अघि र केहीलाई दुई महिनाअघि नै दिल्ली पुर्याइएको हो। उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा ल्याइएको हो।

वैदेशिक रोजगारको गिरोहका एक सदस्य उदय रानाले उनीहरुलाई आकर्षक तलब सुविधा पाउने गरी घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिएको थियो। त्यसका लागि उनीहरुले रानालाई पासपोर्ट र बीसहजार देखि दुईलाखसम्म नगद बुझाएका थिए।

उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट रानाविरुद्ध छावला थानामा एफआइआर दायर गरिएको छ। मुद्दालगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने केआई नेपालका दिल्ली प्रतिनिधि नविन सिहंले बताए।