२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको गृह जिल्ला : ८० रुपैयाँको बिल तिर्न २ हजार खर्च गर्नुपर्ने



अ+ अ-

डडेलधुरा । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।

भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन भ्याउँदैन् । जिपको भाडा ७ सय, समान्या होटल कोठाको पाँच सय, तीन पटक खानाको तीन सय गरी १५ सय खर्च भयो,’ उनले भनिन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।