२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस नेता सिंहले गरे खासकुरा, कम्युनिष्ट सरकार तनाबमा



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताउँदै आगामी निर्वाचनमा पार्टिलाई पहिलो बनाउने उद्घोश गरेका हुन ।

“मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उहाँले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताउनुभयो ।

काङ्ग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उहाँको भनाइ छ । उहाँले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च हुन नसक्नु दुःखद भएको बताउनुभयो । नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गरी आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बेला आएको बताउनुभयो । “काङ्ग्रेसले आगामी निर्वाचनका लागि आजैदेखि सङ्गठन निर्माणमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

पार्टीका काठमाडौँका सभापति सबुज बानियाँले महासमिति बैठकले गरेको निर्णयलाई पार्टी नेतृत्वले उल्टाएको बताउँदै पार्टी नेतृत्वको दबाबका लागि यही चैत २० र २१ गते जिल्ला सभापतिको भेला आयोजना गरिएको जानकारी दिनुभयो । टोखा–११ का अध्यक्ष उत्तम अधिकारीले खानेपानी, ढल र सडकको विकासमा वडाले काम गरिरहेको बताउनुभयो ।