२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित भन्दै मन्त्रीको कार्यक्रममा रोक



अ+ अ-

वीरगञ्ज । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार शुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

महाययज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए ।

उनीहरूले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरूलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरूलाई पूजामा बस्न नदिएको चमाले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।