२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रि–मनसुनका कारण बुधबार पनि बर्षा हुने



अ+ अ-
Del6415536

काठमाडौँ । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ ।

सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए ।

‘सामान्यतया प्रि मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर क्षणिक वर्षा हुने गर्छ, तर मंगलबार भने दुईवटा मौसमी प्रणालीले गर्दा बिहानैदेखि मेघ गर्जनसहित वर्षा भयो’ उनले भने ।

मंगलबार सक्रिय बनेको प्रिमनसुन बुधबार बिहानैदेखि कमजोर हुने र मुलुकको पूर्वी भेगबाहेक अन्यत्रको मौसम सफा हुने उनले बताए । तर अपरान्ह्पछि मुलुकका केही भू–भागमा क्षणिक वर्षाको गतिविधि भने दोहोरिने बताउँदै प्रधाङ्गले भने, ‘अहिले प्रिमनसुनको समय भएकोले यस्तो गतिविधि दोहोरिनु स्वभाविक हो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।