२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस गेलले बनाए नयाँ कीर्तिमान



अ+ अ-

वेस्ट इण्डिजका क्रिस गेललाई विश्वको सबैभन्दा विस्फोटक ओपनर भन्दा फरक नपर्ला। उनले इण्डियन प्रिमियर लिगमा यसको प्रमाण पेस गरेका छन्।

जारी आइपिएलमा उनी किङ्स इलेभेन पंजाबका लागि खेलिरहेका छन्। सोमबार राजस्थान रोयल्स विरूद्धको खेलमा उनले ७९ रनको पारि खेल्देै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। यस क्रममा उनले ८ चौका र एक छक्का प्रहार गरे।

हिजोको खेलमा गेलको ब्याटिङ् हेर्दा उनले आईपिएलमा आफ्नो सातौं शतक पूरा गर्ने छनक दिएका थिए तर उनी आउट भए। शतक नबनाई आउट भएपनि गेलले आईपिएलको इतिहासमा सर्वाधिक छिटो ४ हजार रन बनाउने कीर्तिमान बनाउन सफल भएका छन्।

उनले कुल ११२ म्याचबाट यो आँकडा पूरा गरेका हुन्। म्याचअगि गेलको नाममा ३९९४ रन थियो। उनले त्यसमा ६ रन जोडेर सो कीर्तिमान बनाए।

योसँगै लिगमा क्रिसको नाममा सर्वाधिक शतक हान्ने खेलाडीको कीर्तिमान पनि छ। उनले ६ शतक लगाइसकेका छन्।