३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क’ फलानो नेता मार्न ‘क’, ‘ख’ फलानो नेता मार्न ‘ख’ खटाउने हत्यारालाई छाडिनन् : प्रम



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई कानूनी दायरमा ल्याउने बताएका छन् ।उनले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाएको भन्दै विप्लव समूहलाई छुट नहुने बताएका हुन् ।

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले फलानो नेता मार्न खटाउने क फलानो भनेर हत्यारा खटाएको आरोप लगाए ।

‘हामी सहिषुष्ण व्यवहार गर्ने, उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने । “प्रधानमन्त्री ओली”ले भने , क फलानो नेता मार्न खटाउने क फलानो, ख फलानो नेता मार्न खटाउने ख फलानो यस्ता नक्कली क/ख हरुलाई छुट दिन सकिँदैन, समातने हो ।’

उनले विप्लव समूहले हरिया हथौडाकै झण्डा, कम्युनिष्ट पार्टीकै नाम राखेर कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने खोजेको आरोप लगाए । उनले भने, विकास निर्माणका काम हुन नदिएको, समाजवाद उन्मुख प्रयासहरुमा अवराध गरेका छन् ।

कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले सरकारले छुट नदिने बताए ।