३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा हिन्दू बालिका अपहरणको घटनामा जाँचको आदेश



अ+ अ-

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई नाबालिक हिन्दू दिदीबहिनीको अपहरणपछि जबर्जस्ती धर्म परिवर्तनको घटनामा जाँचको लागि निर्देशन दिएका छन् । पाकिस्तानको सिन्ध प्रान्तमा भएको यो घटनालाइृ लिएरभारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि यो घटनामा गम्भीरता देखाउँदै यसको सत्यतथ्य छानबिनका लागि माग गरेकी थिइन् ।

होलीको दिन एक हिन्दू परिवारका २ नाबालिकाको अपहरण भएको थियो । अपहरणपछि उनीहरुको जबस्र्जस्ती विवाह गराइएको थियो ।

साथै, उनीहरुको धर्म पनि परिवर्तन गराइएको थियो । यो घटना सञ्चारमाध्यममा पनि प्रकाशित भएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री खानले सिन्ध एवम् पञ्जाव सरकारलाई घटनाबारे संयुक्त कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । उनले यस किसिमको घटना नदोहोरिनका लागि बलियो कदम उठाउन पनि निर्देशन दिएका छन् ।