३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसानले चुनाव लड्ने निर्णय गरेका हुन् ।

किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई देशका किसान कस्तो हालतमा बाँचिरहेका छन् भन्ने कुरा देखाउन चुनाव लड्न लागेको बताए ।

अयाकन्नूका दक्षिण भारतीय नदी लिंकिंग किसान संघका प्रदेश अध्यक्ष हुन् र कृषि उत्पादनको उचित मूल्यको माग गर्दै उनको समूहले हालै दिल्लीमा गएर प्रदर्शन गरेको थियो ।

जन्तरमन्तरमा प्रदर्शन गर्नेक्रममा किसानहरुले अर्धनग्न भएर जिउमा मानव खप्परका माला लगाएका थिए । ती खप्परहरु आत्महत्या गर्ने किसानमा भएको दाबी उनीहरुको छ ।