२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौ रकम हिनामिना गरि वर्ष दिनदेखि प्रधानध्यापक बेपत्ता



अ+ अ-

रूकुम । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए ।

शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृतिसमेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा उपस्थित नभएका शर्माले घरबाटै आर्थिक कारोबार चलाइरहेका छन् । विद्यालयको प्रधानाध्यापक शर्मा लामो समयदेखि सम्पर्क्विहीन भएपछि दैनिक प्रशासनका साथै पठनपाठन नै प्रभावित बनेको छ ।

सम्पर्कमा आउनै चाहँदैनन् शर्मा

विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरेर विद्यालयको खाताको रकम हिनामिना गरेको आरोप लगाएको छ । विद्यालयको खातामा आठ लाख रुपैयाँ रहेको, तर अहिले खातामा शून्य रहेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ । शर्माले किर्ते गरेर एक शिक्षिका कर्मजोग पुनको दुई लाख २१ हजार र विद्यालय सहयोगी नञ्जबहादुर कामीको ६० हजार रुपैयाँ निकालेको आरोप उनीहरूले लगाएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।