३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : जर्मनीद्धारा नेदरल्यान्ड्स पराजित



अ+ अ-

काठमाडौँ । युरो कप छनोट फुटबलको जर्मनीले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले युरो कप यात्राको सुखद सुरुवात गर्ने क्रममा नेदरल्यान्ड्सलाई माथि ३—२ को जित निकालेको हो ।

नेदरल्यान्ड्सको घरेलु मैदानमा सोमबार बिहान खेलिएको रोमाञ्चक खेलमा जर्मनीको जितको लागि लेरोय सानेले,सर्जी र निको सुल्जले समान एक एक गोल गरे। यता नेदरल्यान्ड्सको लागि भने म्याथिज डे लिट र मेमफिज डिपे गोल गरे ।

खेलको सुरुवाती गोल भने जर्मनीले गरेको थियो । जर्मनीको लागि १५औं मिनेटमै लेरोय सानेले पहिलो गोल गरे ।
यसैगरी ३४औं मिनेटमा सर्जीले अर्को गोल थपेपछि पहिलो हाफमै जर्मनी २—० ले अगाडि बढ्यो । खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले लगातार दुई गोल गर्‍यो । ४८औं मिनेटमा नेदरल्यान्ड्सका लागि म्याथिज डे लिटले पहिलो गोल गरे । ६३औं मिनेटमा नेदरल्यान्ड्सका मेमफिज डिपेले अर्को गोल थप्दै खेललाई २—२ को बराबरीमा ल्याए ।

खेल प्रतिस्पर्धात्मक रुपमा अघि बडिरहँदा अन्तिम समयमा जर्मनीका लागि निको सुल्जले निर्णायक गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए । जर्मनीले गत नोभेम्बरमा नेसन्स लिगमा नेदरल्यान्ड्सँग भोगेको हारको बदला पनि लियो ।

समूह ‘सी’ कै अर्को खेलमा उत्तरी आयरल्यान्डले बेलारुसमाथि २—१ गोलको जित हासिल गर्‍यो । घरेलु मैदानमा खेलिएको उक्त खेलमा उत्तरी आयरल्यान्डका लागि जोनी इभन्स र जस म्यागनिसले एक÷एक गोल गरे । समूह ‘ई’ अन्तर्गतको छनोट खेलमा हंगेरीले क्रोएसियामाथि २—१ गोलको जित हासिल गर्‍यो ।

जर्मनी तीन पटकको युरो कप विजेता हो । हालसम्म जर्मनी र स्पेनले मात्र तीन÷तीन पटक युरो कपको उपाधि जित्न सकेका छन् ।