
काठमाडौं । जापानमा नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार (आज) काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।
सोझै नेपालबाट जापानले पहिलो पटक ‘श्रम भिसा’मा कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको खबर कान्तीपुर दैनिकमा छ ।












