२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायसले ठक्‍करदिंदा एक बालकको घटनास्थलमै मृत्यु, चालकसहित तीनजना घाइते



अ+ अ-

विराटनगर । तीव्र गतिमा रहेको हायसले ठक्‍करदिंदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा बा ५ ख ३५४ नम्बरको हायसले ठक्‍कर दिंदा सुनसरीको धरान उपमहानगरपालिका–१७ का १३ वर्षीय सविन मग्रातीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।

तीव्र गतिमा गुडिरहेको हायस अनियन्त्रित भएर सडकमा हिंडिरहेका बालकलाई ठक्‍कर दिएको थियो। उक्त दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइते हुनेमा पथरीशनिश्चरे नगरपालिका–९ का २९ वर्षीय रमेश बस्नेत, हायसमै सवार सुन्दरहरैंचा-८ का १४ वर्षीय सुमन रम्तेल र उर्लाबारीका २१ वर्षीय सचिन भित्रीकोटी घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय मेडिलकमा उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते अन्य दुईजनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ।