२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी प्रकाउ परे हेमन्तप्रकाश ओली



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी) विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ ।

अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।