३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा सुमो दुर्घटना, २ को मृत्यु ६ जना घाइते



अ+ अ-

विराटनगर । शनिबार बिहान मोरङको कानेपोखरी गाउँपालिका–७ मा कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो बिहान ५ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार काठमाडौंबाट यात्रु लिएर झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगर र झापाकै अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामीको मृत्यु भएको थियो ।

यस्तै दुर्घटनामा घाइते हुनेमा गौरादह–४ की दुर्गा मगर, योगेश न्यौपाने, प्रविका मगर, बबिता मगर र काभ्रेको भुमुटार नगरपालिका–८ का रमेश तामाङ रहेका छन् भने सुमो चालक झापाको दमक नगरपालिका–२ कूलबहादुर रेग्मी पनि घाइते भएका छन्। घाइते प्रविका र बबिता मृत्यु भएका प्रकाशका छोरी र श्रीमती हुन्।