३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी ९ महिनापछि मैदानमा देखिदै, अर्जेन्टिनालाई जिताउने लक्ष्य



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज अर्जेन्टिनाले भेनेजुयलाको सामना गर्दै छ । यहि खेलबाट बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ९ महिनापछि मैदानमा देखिने छन् ।

स्पेनको क्लब एथ्लेटिको मड्रिडको घरेलु रंगशालामा वान्डा मेट्रापोलिसानो स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने छ ।

सन् २०१८ को रसिया विश्वकपमा अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले पराजित हुँदै बाहिरिएपछि मेस्सी राष्ट्रिय टोलीबाहिर रहँदै आएका थिए । उनले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय खेल गुमाएका छन् । यसै वर्ष हुने कोपा अमेरिका फुटबलको पूर्वसन्ध्यामा उनी राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

रष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेस्सी लामो समयपछि टोलीमा फर्किने भएकाले आजको खेल रोचक हुने सम्भावना रहेको छ ।

आजको खेलपछि अर्जेन्टिनाले दोस्रो खेल मोरक्कोसाँग आगामी मंगलबार खेल्दैछ । तर, मेस्सी भने पहिलो खेलमा मात्रै सामेल हुनेछन् ।

३१ वर्षिय मेस्सीले अर्जेन्टिनाबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरेका छन्। उनि राष्ट्रिय टोलीमा फर्कने भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खुशी व्यक्त गरेका छन्।