५ असार २०८३, शुक्रबार
,
Latest
फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइरालाको अभिव्यक्तिप्रति आपत्ति छ, पार्टीलाई भड्खालोमा हाल्ने काम नगरौं : थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बतापछि उनि कड्किएका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा नेता थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् । उनले पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने गरेको आरोप लगाए ।

पार्टी भित्र छलफल नगरीकनै जथाभावि बोल्दा पार्टी ठूलो भड्खालोमा जान्छ’ थापाले भने, ‘यो नगरौं । केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं ।’

कोइरालाले बुधबार होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक रहेको बताएका थिए त्यसलग्तै कोइरालाले भोलिपल्टै चितवनमा पुगेर बोली फेरेका थिए ।

केन्द्रीय सदस्य थापाले भने, ‘ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर सुरु गर्ने । तल गएर केके लेख्यौं केके लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं ।’

गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा आवश्यक रहेको उनले बताए । तर, सहमति विधानमा टेकेर मात्र खोज्नुपर्ने उनले बताए ।




भर्खरै