३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौ संस्करणको साफ जित्ने नेपालको सपना सपना नै रह्यो, भारतले उचाल्यो उपाधि



अ+ अ-

काठमाडौँ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपाल भारतसँग ३–१ ले परााजित भएको छ ।यो सँगै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा पहिलो अग्रता भारतले लिएको थियो । भारतको लागि खेलको २४ औं मिनेटमा जालीमा छिपरले फ्रिकिकमार्फत् अग्रता बनाएकी थिइन । तर खेलको ३३ औं मिनेटमा नेपालले बराबरी गोल फर्ककाएको थियो । नेपालका लागि सावित्रा भण्डारीले हेड गोल गर्दै १–१ को बराबरी बनाएकी थिइन् । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा दूई गोल खायो ।

दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले ६३औं मिनेटमा दोस्रो गोल खान पुग्यो । भारतकी ग्रेस दाङमेले किपरलाई विट गर्दै गोल गरिन् । यससँगै नेपाल दबावमा आयो ।

खेलको ७८औं मिनेटमा अन्जु तामाङले गोल गर्दै भारतको जित सुनिश्चित गरिन् ।