२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरले मार्यो चितुवा !



अ+ अ-

गोरखा । चितुवा र कुकुरको डेढघण्टासम्मको भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म चितुवा र कुकुरको भिडन्त भएको हो ।

बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि छ वटा कुकुरले प्रत्याक्रमण गरेको थियो । स्थानीयका अनुसार उक्त दोहोरो भिडन्तमा चितुवाको आक्रमणबाट एक कुकुरको मृत्यु भएको छ भने दुईटावटा कुकुर घाइते भएको छ ।

घटनास्थलमा रातामाटे सेरा चौकीबाट प्रहरी पुगिसकेको र सो चितुवा वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

चितुवाको मुचुल्का गरी गाड्ने डिभिजन वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए।