२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैते हुरीबाट जोगाउ धुरी



अ+ अ-

“आयो चैते वैशाखे हुरी, सम्हालआगो सल्केला धुरी”। हो चिसो मौषमको कहर सकिदै जादाँ हाम्रो समुदायमा फेरी गर्मी मौषमको शुरुवात हुदैछ । प्राकृतिक रुपले विविधता भएको हाम्रो जस्तो देशमा प्राकृतिक विपदको पुर्वतयारी अनिवार्य छ ।

वर्षेनी प्रकृतिक विपदले धेरै जनधनको क्षति व्योहोर्नु परेको तितो यथार्थ छदैछ । सुचनाप्रविधिले विकसित देशहरु विपदको सामाना तथा पुर्व तयारीका हिसाबले धेरै अघि बढीरहेको देखिन्छ तर हाम्रो देशमा आवश्यक परेको बेलामा दमकल र एम्बुलेन्स उपलब्ध हुनपनि कठिन छ ।


आगलागि प्राकृतिक तथा मानवजन्य प्रकोपको रुपमा रहेको छ । जब यसले जन समुदायमा असर पुर्याउदछ तब यसले विपदको रुप लिन्छ । विगतको ऐतिहासिक विवरण हेर्ने हो भने पनि तेह्थुमको आगलागि, सल्लेरीको आगलागि, रामेछापको बन क्षेत्रको आगलागिलगायत तराईका जिल्लाहरुको आगलागिले धेरै क्षति गरेको थियो । एउटा आगोको सानो झिल्कोले ठुलो रुप लिएर घर, गोठ, हुदै समुदायतथा सामुदायिक बन बिनास गर्ने गरेको छ ।

आगो लागि सकेपछि यसकाकारणहरुको बारेमाचर्चा परिचर्चा गर्नुभन्दा पहिले यसको पुर्व तयारीका बारेमा सजगहुनु, बहस गर्नु र पुर्व तयारी गर्नु नै उत्तम हुन्छ । आगो लाग्नु भन्दा अघि नै कुवाखनि राख्नु नै बुद्धिमानी कार्य हो । हुन त विपद व्यवस्थाप नगर्ने कार्य एक जटिल कार्य हो सबैको सामुहिक प्रयास बिना विपद व्यवस्थापन कार्य गर्न कठिन छ । तर जुन असर विपद प्रभावित परिवारले भोग्नु पर्छ त्यसको दिर्घकालिन प्रभाव समुदायका सबै क्षेत्रमा पर्दछ ।

घरायसी आगलागि घर परिवारका व्यक्तिहरुकै कारणबाट हुने गर्दछ र यसको रुप बृद्धि र असरको मात्रा बढोत्तरी गर्न थप प्राकृतिक कुराहरुले सहयोग गर्ने गर्दछ । अत्याधिक तापक्रम वृद्धि भएको बेला र हावाहुरी चलेको बेलाको आगलागिलाई सहजै नियन्त्रण गर्न कठिन हुन्छ । तराई क्षेत्रको घरको बनावट खरको छाना तथा बाक्लो बस्तीका कारण एक घरको आगो विस्तारै अन्य घरहरुमा सल्कन पुग्दछ र अन्तत : सिङ्गो समुदायनै यसको चपेटामा पर्दछ ।

आगलागिका कारणहरु ……………..
क.आगोको प्रयोगमाहोसीयारी नअपनाउनु ।
ख.प्रज्वलनशिलपदार्थहरुको उचितप्रयोग तथाव्यवस्थापननहुनु ।
ग.बढ्दो तापक्रमतथाहुरि वतास ।
घ.आगोको प्रयोग पछिको व्यवस्थापनमालापरवाही ।
ङ. चट्याङ्ग पर्नु ।
च. बिजुलीकातारहरु सर्ट हुनु ।
छ. बनमा डढेलो लगाउने परम्परा ।

यि लगायत अन्य विविध कारणहरुले गर्दा आगालागिको जोखिम हुने गर्दछ । आगालागी हुने वित्तिकै हामीले तत्काल आगो निभाउने कार्य गर्नु पर्दछ । आगो बल्नलाई हावा, ईन्धन र तापअवश्यक पर्ने गर्दछ । आगो निभाउनपनि यिनै तिन कुराहरुको संयोजनलाई हटाउन विभिन्न उपायहरु अबलम्ब नगर्नु पर्दछ । जस्तै पानीले ताप हटाउन मद्धत गर्दछ भने हरिया स्याउलाहरु, केराको पात,माटो, बालुवाको प्रयोगबाट हावालाई छेक्न सहयोग पुग्दछ भने जलिरहेको संरचना तथा नजिकमा रहेका घर, गोठका छानाहरु अन्य संरचनाहरु हटाउन सके थपआगो सल्कने खतरा कम हुनसक्छ । हाम्रो अभ्यासमा मात्र पानीको प्रयोगमा बढी ध्यान दिन्छौ अन्य न्युनिकरणका उपायहरुपनि अपनाउन सकिन्छ ।


अहिले सुचना प्रवाहकालागि कुनै समस्या त छैन एक कल फोनबाट नै तत्कालै जन समुदायजुट्न सक्ने अवस्था छ तर फोनको सुविधा नभएको ठाउँमा भने कठिन नै हुन्छ । मानिसहरु तत्काल सहयोगकालागि जाने त चलन देखिन्छ तर खोज तथा उद्धार, अनुक्रिया, प्रतिकार्य र क्षतिको विवरण, प्रभावित परिवारलाई सान्तवनादिने जस्ता कार्यहरुमा प्रायध्यान नपुगेको अवस्था भने छ ।

रमिते भएर बस्ने, अनुमानका कुराहरु गर्ने जमातलाई कमिले ताती विधितथा बकेट बिग्रेड विधिबाट बाल्टीन तथा अन्य भाडाहरुको प्रयोग गरि छिटो र छरितो बिधिबाट पानी ओसार्ने, आगो निभाउने कार्यमा सलग्न गराउनकालागि अझै धेरै व्यवस्थापन र क्षमता विकास गर्नु पर्ने देखिन्छ । राहत सहयोग कार्यमाभने सबैको चासो र सहयोगको भावना रहेको छ यो नै हाम्रो समाजको महत्व पुर्ण गुण हो जसले गर्दा प्रभावित परिवारले तत्कालै राहत सेवा, मनोसामाजिक सेवा, सुरक्षाको महशुस गर्न सक्छन ।

पुर्व तयारीकालागि हामी के गर्न सक्छौ ?
. सचेतनामुलकगतिविधिहरु संचालन ( घर दैलो, हाते माईक तथाविभिन्न रेडियो एफ एम)
. बढी जोखिमहुने समयमा घर घरमा सुचनाप्रवाहगर्ने ( आगो बाल्ने र निभाउने समय बारे )
. आगो जन्यपदार्थहरु सुरक्षित राख्ने तथा प्रयोगमा ध्यान दिने ।
. समुदाय स्तरमा तालिम प्राप्त जनशक्तिहरु, कार्यदलहरु निमार्ण गर्ने ।
. आगो निभाउन सहयोग गर्ने सामाग्रीहरु, गाग्री, बाल्टी अन्य सामाग्रीहरु तयारी अवस्थामा राख्ने ।
. खोज तथा उद्धारकालागि सामाग्रीहरु गैती, बेल्चा, डोरी, हाते माईक, गम बुट, कम्बल तयारी अवस्थामा राख्ने ।
. घर वरिपरि पानीको श्रोतहरु कुवा, ईनार, नदी, कल, धारा अदिमापानि सुचारु राख्ने ।
. खोजतथा उद्धार, सर्वेषण कार्यदलहरु गठन गरि क्षमताविकास गर्ने ।
. समुदाय स्तरमा अन्न कोष संकलन गरि राख्ने ।
. आपतकालिन सम्पर्क नम्बरहरु ठाउँ ठाउँमा टास्ने, वितरण गर्ने ।
. समुदाय स्तरमै सुरक्षित स्थानहरु, बैकल्पिक बाटो घाटोहरुको पहिचान गर्ने ।
. स्थानिय स्तरमा राहत सामाग्रीहरु भण्डारण गर्ने ।
. महत्वपुर्ण कागाजातहरु सुरक्षित गर्ने ।

This image has an empty alt attribute; its file name is image-1.png

व्यक्तिगत सहयोगले त एक दुई दिन पुग्दछ तर सधै नपुग्न सक्दछ यसकालागि सरकारी तथा गैह सरकारी निकायबाट प्रभावित परिवारलाई तत्कालै सहयोग गर्ने परिपाटीको नितिगत व्यवस्थापन गर्नु जरुरी छ । यसकालागि सबै सरोकारवाला निकायहरुले आफ्नो क्षेत्रबाट सहयोग एवं समन्वय गरि विपद सम्बन्धि नितिहरु, स्थानिय विपद तथा जलवायु उत्थानशिल योजनाहरु, विभिन्न समितिहरु गठन गरि तिनिहरुको क्षमता विकास गरि पुर्वतयारी गर्नु पर्दछ ।

हरेक स्थानिय तहमा विपद व्यवस्थापन कोष स्थापना र कोष परिचालन निति, विभिन्न कार्यदलहरु, प्राथमिक उपचार सामाग्रीहरु, राहत सामाग्रीहरु, द्रुत सर्वेक्षण फारम, पुर्व सुचना प्रणाली जस्ता कुराहरु पहिले नै तयार गर्न सके विपदको घटना पश्चात तत्कालै प्रतिकार्य गर्न सहज भई जोखिम न्युनिकरण गर्न कुनै बाधा पर्ने थिएन । बढदो शहरीकरण गर्दा दमकल लागायतका उद्धार कार्य टोलीहरुको पहुचँमा समस्या रहेको छ । साधुरो गल्लीहरुमा आगलागि भएमा सो को उद्धार गर्न दक्षजनशक्ति नै परिचाल नगर्नु पर्ने अवस्था छ । उच्च स्तरका प्रविधिहरुको प्रयोग र व्यवस्थापन नभए अझ धेरै क्षति हुन सक्दछ ।

वर्तमान अवस्थामा स्थानिय निकायहरुलाई नै विपद सम्बन्धि योजना तथा व्यवस्थापनका कार्यहरु गर्ने अधिकार नितिगत रुपमा उल्लेख भएको छ यद्धपी यस कार्यको प्रभावकारी कार्यन्वय नगर्न स्थानिय निकायहरुको त्यति धेरै चासो रहेको देखिदैन तर तत्काल परको बेलामा खोज उद्धार तथा राहत कार्य गर्ने परिपाटीमा सुधार भने भएको छ ।

स्थानिय स्तरमा रहेका समुदाय, वडा कार्यलयहरु, गाउँपािलका, नगरपालिका, उपमाहानगर तथा माहानगरपालिकाहरु, विभिन्न समितिहरु, जिल्ला समन्वय समिति, जिल्ला आपकालिन कार्य संचालन केन्द्र, स्थानिय प्रहरी प्रशासन अन्य सुरक्षा निकायहरु ,उद्योग वाणिञ्य संघ,विपद व्यवस्थापनमा कार्यरत संघ संस्थाहरु, नागरिक समाज, आमा समुह, युवाक्लबहरु सबै क्षेत्रलाई समेटेर एक आपसको समन्वयएवं सहकार्य गर्न सके सबै खाले प्रकोपहरुको जोखिम न्युनिकरण गर्न भने पक्कै सकिने नै छ ।