
विराटनगर । आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रबेश गरेको छ । नेपालले श्रीलंकालाई ४–१ को गोल अन्तरले हराएको हो ।
शहीद रंगशाला विराटनगरमा भएको खेलमा नेपालले जितमा पुनम जर्घामगर,अनिता बस्नेत,रेखा पौडेल र सावित्रा भण्डारीले समान एक एक गोल गरेका थिए । खेलको ४२औं मिनेटमा सावित्राको हेड पासमा पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी थिन् । पुनमकै गोलको आधारमा नेपालले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो ।
खेलको ७३ औं मिनेटमा अनिता बस्नेत गोल गरिन् । त्यसको ९ मिनेट पछि नै सावित्रा भण्डारीले ८२ औं मिनेटमा अर्को गोल थपिन । सुरुवात देखिनै बलियो खेल खेले नेपालले खेल सकिन ४ मिनेट बाँकी रहदाँ अर्को गोल थप्यो । यसपटक रेखा पौडेलले८६ औं मिनेटमा गोल गरिन् ।
नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।












