२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातामा नेप्से १४५.५९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।

यो सातामा शेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ । यसरी शेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ ।

पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबार बाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ । शेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षामा ४-१२ करोड शेयर धितोकर्जाको सिमा परिर्वतन हुने आशमा रहेका थिए । तर, मौद्रिक नीतिको समिक्षाले ४-१२ करोडको सिमा परिर्वतन गरेन । यसको प्रभाव आइतबार देखि शेयर बजारमा पर्‍यो ।

मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो । सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो । यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ । बिहिबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको शेयर किनबेच भएको छ ।




भर्खरै