२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो देश फर्किने आशामा भुटानी शरणार्थी



अ+ अ-

झापा । बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् ।

दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उनीचाहिँ कान्छा छोराबुहारीसँग शरणार्थी शिवरमा छिन् । पछित मानध्वज डेढ वर्षअघि दिवंगत भए । यूएनएचसीआरले १९ डिसेम्बरदेखि १० दिनसम्म भुटान फर्किन इच्छुक शरणार्थीको विवरण संकलन गरेको थियो । ७ जनावरीदेखि एक महिनासम्म फाराम भरेकाहरुसँग अन्तर्वार्तासमेत लिइसकेको भन्ने खबर कान्तिपुर दैनिकमा छ ।