२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाइने



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाखबाट बुटिक बनाइने भएको छ। यो विमानस्थललाई बुटिक बनाउन सरकारले प्रारम्भिक तयारीसहित औपचारिक रूपमा काम अगाडि बढाइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन सरकारले फागुन २८ गते ‘बुटिक विमानस्थलसम्बन्धी कार्यविधि’ स्वीकृत गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दुई चरणमा विमानस्थललाई बुटिक बनाइने जानकारी दिए। पहिलो चरणमा चैत मसान्तभित्र अवधारणा तयार गर्ने, सौन्दर्र्यकरण, विमानस्थलको डिजाइन र अनुकूल नभएका संरचना भत्काउने, कलात्मक मूर्ति, पेन्टिङ खरिदलगायत काम हुनेछ।

दोस्रो चरणको काम वैशाख १ गतेबाट गरिनेछ। यस्तो काममा विमानस्थललाई बुटिक बनाउन आवश्यक संरचना थप गर्ने, नयाँ संरचना बनाउने, उपयुक्त स्थानमा नेपाली कला झल्किने मूर्ति तथा सौन्दर्यकरण हुनेछ। विमानस्थलको नीतिगत तथा व्यावहारिक काम सम्पन्न गर्ने र सन् २०२० को जनवरी १ मा बुटिक विमानस्थलको उद्घाटन गर्ने गरी सरकारले तयारी अगाडि बढाएको उपाध्यायले बताए।

बुटिक विमानस्थल बनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा गृह, अर्थ, भौतिक मन्त्रालय, उड्डयन प्राधिकरणसहित आठ सदस्यीय निर्देशक समिति बन्नेछ। विमानस्थलमा भएको कामको नियमित अनुगमन तथा सुपरिवेक्षणका लागि पर्यटन सचिवको अध्यक्षमा अर्को ६ सदस्यीय अनुमगन समिति बन्नेछ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धकको संयोजकत्वमा तोकिएको र लक्ष्यअनुसारको काम भएरनभएको मूल्यांकन गर्न ६ सदस्यीय कार्य सम्पदान समिति बन्ने व्यवस्था कार्यविधिले गरेको छ। सरकारले सन् २०२० लाई विदेशी पर्यटक आकर्षण गर्न नेपाल भ्रमण वर्ष मनाउँदै छ। भ्रमण वर्षको सुभारम्भकै दिन बुटिक एयरपोर्टको उद्घाटन गर्ने गरी कार्यविधि जारी भएको उपाध्यायले बताए।

पहिलो चरणमा चैत मसान्तभित्र अवधारणा तयार गर्ने, सौन्दर्र्यकरण, डिजाइन र अनुकूल नभएका संरचना भत्काउने, पेन्टिङलगायत काम हुनेछ।

त्रिभुवन विमानस्थललाई बुटिकमा परिणत गर्न प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अग्रसरता लिएका थिए। विमानस्थललाई बुटिक बनाउने घोषणा गर्न काम सुरु गर्ने तयारी स्वरूप नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे आठ करोड रुपैयाँको बजेट विनियोजन गरिसकेको छ। यो बजेटबाट विमानस्थल कार्यालयले २०१९ भित्रै विमानस्थल बुटिक बनाइसक्ने उल्लेख छ। यस्तो कामको लागि रङरोगन, सौन्दर्यकरण, पुरानो डिजाइनमा नमिलेका संरचना हटाएर नयाँ बनाउने, ऐतिहासिक र पुरातात्विक झल्को दिने काम गर्ने, मूर्ति राख्नेसहितको काम गरेर बुटिक विमानस्थल बनाउने कार्यक्रम घोषणा भएको जानकारी विमानस्थले दिएको छ।

विमानस्थलमा विदेशी पर्यटक छिर्नेबित्तिकै नेपालको कला संस्कृति झल्कने, साजसज्जा र मौलिकतामा नेपाली पन भएको, आधुनिक सेवासुविधामा परम्परागत संस्कृति झल्किने, विमानस्थल अगाडि बगैंचा बनाउनेलगायत सौन्दर्यकरण हुनेछ। बुटिक विमानस्थल बनाउने योजनासहित सबै काम सक्न करिब २० करोड रुपैयाँ आवश्यक पर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ। बुटिक विमानस्थल निर्माणका लागि बजेटको व्यवस्था भने प्राधिकरणले नै गर्ने कार्यविधिमा उल्लेख छ।

भ्रमण वर्षको कार्यविधि स्वीकृत

सरकारले विदेशी पर्यटक आकर्षित गर्न घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको छ। फागुन २८ गते स्वीकृत भएको यस्तो कार्यविधिले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनकै लागि सहयोग गर्ने योजाना अगाडि सारेको छ।

यो कार्यविधिले अभियान वर्षलाई अगाडि बढाउने गरी कार्यक्रम समावेश गरेको छ। यसमा बजेटको व्यवस्था, स्रोत पहिचान, खाता सञ्चालन, लेखा सञ्चालन, स्वदेशी तथा विदेशी कार्यक्रमका लागि खरिद व्यवस्थासहित सचिवालय सञ्चालन व्यवस्था गरेको छ। कार्यविधिले भ्रमण वर्षको कार्यक्रम सञ्चालनमा थप सहजीकरण गर्ने उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।