२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्यान्डको सपना देखाउँदै परिवार नै मिलेर ६ करोड ठगी



अ+ अ-

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए ।

‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।