२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि, शंकास्पद वस्तु नछुन प्रहरीको अनुरोध



अ+ अ-

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।

बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । केसीले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए ।

बन्दका बेला यस्ता शंकास्पद वस्तु अन्यत्र पनि भेटिनसक्ने भएकाले त्यस्ता वस्तु नछुन र सुरक्षा निकायलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पेरका विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् ।