२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीमा भर पर्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए। लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए।

‘लगानी सम्मेलन नजिकिएको छ, पार्टीभित्रको संगठनात्मक एकताको काम पनि टुंगिँदैछ। त्यसपछि मनित्रमण्डल पुनर्गठन हुन्छ,’ ती सल्लाहकारले भने। मुलुक स्थिरतातर्फ उन्मुख रहेको जानकारी दिँदै वैदेशिक लगानी आकर्षित गर्न र लगानीका क्षेत्र स्पष्ट पार्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्न लागेको हो। पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ।

लगानी सम्मेलन र पार्टी एकताको काम नसकी मन्त्रिमण्डल पुनर्गठन गर्दा पार्टीभित्र नयाँ विवाद र अप्ठ्यारा आउन सक्ने भन्दै प्रधानमन्त्रीले यी दुई कार्यसूची सम्पन्न गर्नेबित्तिकै मन्त्रिमण्डल पुनर्गठन गर्ने ती सल्लाहकारको भनाइ छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय अहिले राज्यमन्त्रीको भरमा छ। उक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने, अहिलेको क्याबिनेटमा रहेर कार्यक्षमता देखाउन नसकेका मन्त्री हटाउने, नयाँ मन्त्री थप्ने र केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने गरी प्रधानमन्त्रीले तयारी थालेका हुन्। छलफलसँगै मन्त्रीका लागि दौडधुपमा सांसदहरु जुट्नेछन्। बिदाइ हुन नपरोस् भन्दै केही मन्त्रीले आफूले एक वर्षमा गरेका कायको सूची प्रधानमन्त्री कार्यालयमा बुझाउन थालेका छन्।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालसँग पनि त्यस विषयमा लामै छलफल गरेका छन्। अध्यक्ष दाहालले विराटनगर पुगेर मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएका छन्। ‘मन्त्रिमण्डल पुनर्गठनका विषयमा म अध्ययन गरिरहेको छु र काम पनि नियालिरहेको छु। हामीबीच सामान्य छलफल गरेर त्यसको निधो गर्नेछांै। तर अहिले हतार छैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै दाहालले भने। मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग मंगलबार औपचारिक छलफल भएको दाहालले बताए।

‘मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीले कसरी हिसाब गर्नुभएको छ, त्यसमा भर पर्छ। हामी प्रधानमन्त्री प्रणालीमै छांै। त्यसकारण प्रधानमन्त्रीले मन्त्रीहरूको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ, त्यसैमा भर पर्छ,’ दाहालले भने, ‘तर मैले यस विषयमा तपार्इंले नै निर्णय गर्नुहोस् भनेर प्रधानमन्त्रीजीलाई भनेको छु। तपाईंकै मूल्यांकनमा भर पर्ने र अधिकार क्षेत्र पनि तपाईंकै हो भनेर भनेको छु।’

यस विषयमा ओली–दाहालबीच सोमबार पनि छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान एक चरण छलफल गरेका ओली–दाहालले मंगलबार भने बिहान र साँझ दुई चरणमा छलफल गरेका हुन्। दुई दिनभित्र पार्टी एकताको अन्तिम प्रस्ताव तयार पार्ने गरी छलफल केन्द्रित भएको नेताहरूको भनाइ छ। ‘पार्टी एकतालाई अन्तिम रूप दिने प्रस्तावमा छलफलमा छौं। एकदुई दिनभित्र हामी प्रस्ताव तयार पारिसक्छौं,’ दाहालले भने। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।