२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रूपमा प्रदर्शन हुने



अ+ अ-

काठमाडौं । विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रूपमा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’ लाई पहिलो फिल्मको रूपमा समावेश गरेको जानकारी दिए। गत सालको संस्करणमा नवीन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रूपमा प्रदर्शन भएको थियो।

तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ। महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी गराएको छ। समीक्षकसँगै बौद्धिक वर्गले मन पराएको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भएको हो।

यसैबीच निर्देशक पौडेलले फिल्म बाहिरका देशमा चलाउन प्रदर्शन अधिकार प्रदान गरेका छन्। उनले आइतबार मात्र अस्ट्रेलियामा फिल्मको प्रदर्शन अधिकार दिइएको बताए। अस्ट्रेलियामा नेपाली फिल्म देखाउँदै आएको नेपाल टचले ‘बुलबुल’को प्रदर्शन अधिकार लिएको हो। पौडेलले १२ लाखमा अस्ट्रेलियालाई फिल्म बुलबुल प्रदर्शन अधिकार हस्तान्तरण गरे। यही हप्ताभित्र अमेरिका र भारतमा फिल्म प्रदर्शन प्रक्रिया पूरा गर्ने समेत उनले जनाए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।