२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त



अ+ अ-

काठमाडौँ — इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । 

विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ। दुर्घटना परी प्लेनमा सवार सबै जनाको मृत्यु भएको बताइएको छ ।

इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

विमानमा विभिन्न ३३ मुलुकका यात्रुहरु सवार थिए ।