७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज, निवासबाटै कामकाज गर्ने



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

 

काठमाडौँ — कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना हुनु भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा स्वास्थ्यमा सुधार आएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । उहाँ गत सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना हुनु भएको थियो । अस्पतालले उहाँलाई शुक्रबार बिहान ९.३० बजे डिस्जार्च गरेको हो ।

प्रधानन्यायाधीश राणा कोभिड-१९ निमोनिया देखिएपछि अस्पताल भर्ना हुनु भएको अस्पतालका प्रवक्ता डा। प्रबिन नेपालले जानकारी दिनु भएको छ ।

प्रधानन्यायाधीश जबराले बिहीबार नै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीलाई शुक्रबार डिस्चार्ज हुने जानकारी गराउनु भएको थियो । प्रधानन्यायाधीश राणाले बिदा नबस्ने र सरकारी निवासबाटै काम गर्ने बताएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको थियो ।

बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो । बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको थियो । बिहीबार न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेरेका थिए ।