२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले दुई व्यक्तिलाई एउटै बनाउदा महिलाको आधा अंश खोसियो



अ+ अ-

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।

तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाका ४ वटी श्रीमती थिए । पहिलो र दोस्रो श्रीमतीलाई विभिन्न आक्षेप लगाउँदै उनले घरबाट निकालेका थिए । पहिलो श्रीमतीकी एक छोरी छिन् । तेस्रो श्रीमतीबाट तीन छोरी जन्मिए । यस्तैमा उनले चौथो श्रीमती भित्र्याए र उनका साथमा एउटा छोरा जन्मियो । तेस्री श्रीमती सुकुम थापाले दायर गरेको अंश मुद्दामा चलखेल हुँदै जाँदा न्यायाधीशहरूले ‘रहस्यमय’ आदेश गरेको भेटिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।