२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकी सांसद मल्ल बेपत्ता, विप्लवका कार्यकर्ताहरुले अपहरण गरेको आशंका



अ+ अ-

धनगढी । बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।

बझाङ निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका आफन्तले बताएका छन् ।

तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका उनीहरुको दाबी रहेको छ ।

उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् ।