२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले अनुमति नदिने काम म हुन दिनन् : रक्षामन्त्री पोखरेल



अ+ अ-

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीका साथ परिपालना गर्नुपर्ने उल्लेख गरे।

उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गरे ।

मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए । उनले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले हुँदैन भने ।