२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी बनिन् काइली विश्वकै कान्छी अर्बपति



अ+ अ-

वासिङ्टन । २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।

जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए ।

जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि काइली कस्मेटीक्सबाट भएको हो । यो उनको श्रृगारिक कम्पनी हो । यो कम्पनीको मूल्य फोब्र्सका अनुसार ९० करोड डलरको रहेको छ । यो कम्पनी २०२२ मा १ अर्ब डलरको हुने अनुमान फोब्र्सको छ । यो कम्पनीले गत वर्ष उल्टासँग एक्सक्लुसिभ वितरणको हस्ताक्षर गरेको थियो । जेनरले यो कम्पनीसँग काम गर्ने योजना बनाएको बताएकी छिन् ।

काइली कम्मेटिक बाहेक जेनरले आफ्नो पेड एप काइली जेनर अफिसियल एपबाट पनि आफ्नो ब्युटी ब्रान्ड २०१५ को नोभेम्बर ३० मा सुरु गरेकी थिइन् । १८ महिनामा यो कम्पनीले ४२ करोड डलरको सामाग्री बिक्री गरेको थियो । उनको २०१६ होलिडे कलेक्सन सार्वजनिक भएपछि यसले झन्डै प्रतिदिन १ करोड ९० करोड ८० लाख फ्लोअर्स र ट्विटरमा २ करोड ६७ लाख फलोअर्स रहेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।