२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकापुर हत्याकाण्ड : लक्ष्मण थारु भन्छन्-‘आइ एम फ्रि फ्रम जेल’



अ+ अ-

काठमाडौँ । टिकापुर घटनाको मुख्य आरोपी मानिएका लक्ष्मण थारु बुधवार रिहा भएका छन् । कैलाली जिल्ला अदालतले उनी सहित छ जनालाई तीन वर्षको कैद फैसला सुनाएपछि रिहा भएका हुन् ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको बुधबार बसेको एकल इजलासले लक्ष्मण थारुसहित लाहुराम चौधरी,सन्तराम चौधरी,प्रेमबहादुर चौधरी, किशनलाल चौधरी,जीतबहादुर डगौरा र राजकुमार कठारी भने ३ वर्ष कैद सजाय सुनाएको थियो । तीन वर्ष कैद भुक्तान गरीसकेकोले उनी बुधवार नै रिहा भएका हुन् ।

अदालतबाट रिहा भएलगत्तै थारुले सामाजिक सञ्जाल फेसबुकमा रिहा भएपछिको तस्विर पोष्ट गरेका छन् । फोटोका क्याप्सनमा उनले लेखेका छन्, सबैलाई नमस्ते । ४२ महिनापछि आज जेलबाट मुक्त भएको छु । (आइ एम फ्रि फ्रोम जेल) घाटीमा खादा र माला लगाएका चौधरीले हात फिजाएर खुसी ब्यक्त गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो। तर उक्त घटनामा हाल ३१ जना भने फरार रहेका छन् ।

घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यस्तै कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् ।

अदालतले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठारी,सुन्दरलाल कठारी,राजेश चौधरी,बिरबहादुर चौधरी,प्रदिप चौधरी,सिताराम चैधरी,श्रवण चौधरी,वृज मोहन डगौला चौधरी र गंगाराम डगौला चौधरीलाई जन्मकैदको फैसला सुनाईएको छ ।