२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपी मानिएका सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुरमा साढे तीन वर्ष पहिले भएको घटनामा ११ जनालाई दोषी ठहर गदै बुधवार फैसला सुनाईएको हो ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले रेशम चौधरी सहित क्रमश : हरिनारायण चौधरी, राजकुमार कठारी,सुन्दरलाल कठारी,राजेश चौधरी,बिरबहादुर चौधरी,प्रदिप चौधरी,सिताराम चैधरी,श्रवण चौधरी,वृज मोहन डगौला चौधरी र गंगाराम डगौला चौधरीलाई जन्मकैदको फैसला सुनाईएको हो ।

लक्ष्मण थारुसहित लाहुराम चौधरी,सन्तराम चौधरी,प्रेमबहादुर चौधरी, किशनलाल चौधरी,जीतबहादुर डगौरा र राजकुमार कठारी भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनिहरुले कैद भुक्तान गरिसकेकाले आजै रिहा हुने भएका छन् ।त्यस्तै करण चौधरीलाई छ महिना जेल सजाय तोकिएको छ भने तहाँवर अलि जागा, विसारा चौधरी र रामनशेर चैधरीले भने सफाई पाएका छन् ।

यो घटनामा प्रतिवादीका तर्फबाट कानुन व्यवसायी वीरबहादुर जेठारा,गंगाराम उपाध्याय, गम्भीर सिंह ऐर, नाथुराम महतो, गजेन्द्रबहादुर केसी, र प्रयागराज भट्टले बहस गरेका थिए।

घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो। तर उक्त घटनामा हाल ३१ जना भने फरार रहेका छन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद चौधरीलाई पुर्पक्षका लागि कारागार राखिएको थियो।घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यस्तै कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् ।

हाल चौधरी काठमाडौँ डिल्लीबजार कारागारमा थुनामा रहेका छन्। थुनामा रहेका अभियुक्त श्रवन चौधरी नाबालक रहेको कारण पोखरास्थित बाल सुधार गृहमा राखिएको छ।