२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलेकै अवस्थामा फर्किने भयो रानीपोखरी



अ+ अ-

काठमाडौँ । रानीपोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरु काममा जुटेका छन् । प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको हो । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको छ ।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो ।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारको जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए ।

मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।