२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्याँस उद्योगीको आन्दोलन स्थगित, सरकारसँग ३ बुँदे सहमति



अ+ अ-

काठमाडौं । ग्याँस बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगीले सरकारसँग तीन बुँदे सहमति गरेका छन् । उक्त सहमति भएसँगै नेपाल एलपी ग्याँस उद्याेग संघकाे आन्दोलन स्थगित भएकाे छ ।  

उद्याेग, बाणिज्य तथा अापूर्ति मन्त्रीकाे उपस्थितिमा भएकाे उक्त तीन बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र नेपाल एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका थिए ।

सहमतिमा उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने उल्लेख छ । 

यस्तै पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । 

सहमतिकाे व्यहाेरा निम्न बमाेजिम छः